सिनोभ्याकको कोरोना भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति

काठमाडौं २२ जेठ । सरकारले कोभिड-१९ विरुद्ध थप एक चिनियाँ खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।

औषधि व्यवस्था विभागको शुक्रबारको बैठकले चीनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोभिड–१९ भ्याक्सिन(भेरोसेल कोरोनाभ्याक) लाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गर्ने निर्णय गरेको हो।

यसअघि चीनको सिनोफार्मले विकास गरेको भेरोसेललाई पनि आपतकालीन अनुमति प्रदान गरिएको थियो। भ्याक्सिन ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप प्रयोग गर्दा सावधानी अपनाउन भनिएको छ।

यसअघि चीनको सिनोफार्मले विकास गरी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको भेरोसेललाई पनि नेपालमा आपतकालीन प्रयोग अनुमति प्रदान गरिएको छ।