भारत भ्रमणमा यस्तो छ प्रम ओलिको योजना, जलमार्ग र रेलबारे छलफल गरिने

क्लाउडपत्रिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जलमार्ग र रेलबारे कुरा गर्ने बताएका छन् ।

आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । उनले अघि भने, मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हस्तक्षेपका आधारमा हुन्छ ।’ साथै उनले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताए ।

त्यस्तै आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्न प्रयास गर्ने उनले बताएका छन् ।

भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here