बैंकको प्रतिफल घट्यो, सम्पत्ति १० खर्बले बढ्दा प्रतिफल ९ करोड मात्र

काठमाडौं २२, जेठ । गएको एक वर्षमा वाणिज्य बैंकहरुको प्रतिफल निरन्तर घट्दो छ । जसअनुसार गएको एक वर्षमा वाणिज्य बैंकहरुको सम्पत्ति करिब १० खर्ब रुपैयाँले बढ्दा नाफा करिब ९ करोड रुपैयाँ मात्र रहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

बैंकहरुबीचको तीव्र प्रतिस्पर्धाकै कारण यस्तो अवस्था आएको उनले बताए । ‘पछिल्ला वर्षमा बैंकिङ कारोबारको लागत निरन्तर घट्दो छ,’ उनले भने, ‘एलसी र ग्यारेन्टीको शुल्क तीन दशकभन्दा अहिले थोरै छ । यो प्रतिस्पर्धाकै कारणले सम्भव भएको हो ।’

बैंकको प्रतिफल घटिरहेकाले अब राष्ट्र बैंकले ब्याजदरमा नियन्त्रण गर्न नहुने बैंकरहरुले बताएका छन् । अहिले बैंकहरुबीचको प्रतिश्पर्धा तिब्र रहेकाले अन्ततः ब्याजदर तल आउने र यसको प्रत्यक्ष लाभ ग्राहकले पाउने भन्दै ब्याजदर निर्धारणमा हस्तक्षेप गर्न नहुने उनीहरुको भनाइ छ ।

बैंकहरुबीचको तिब्र प्रतिश्पर्धाकै कारण हाल वाणिज्य बैंकहरुको कर्जा निक्षेपबीचको अन्तर (स्प्रेड) ताकिएको सीमा भन्दा कम रहेकाले कर्जाको ब्याजदर निर्धारणको जिम्मा बैंकलाई नै दिनु पर्ने अध्यक्ष दाहालले बताए ।

हाल राष्ट्र बैंकले कर्जा निक्षेपबीचको अन्तर (स्प्रेड) वाणिज्य बैंकहरुलाई बढीमा ४.४ प्रतिशत कायम गर्न निर्देशन दिएको छ । तर, बैंकहरुको स्प्रेड औसतमा ३.८ प्रतिशत मात्र छ । यो पनि प्रतिस्पर्धाकै कारणले सम्भव भएको बैंकरहरुको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here