५० मुरी भन्दा बढी धान फलाउने किसानलाई ४२ हजार पुरस्कार

काठमाडौं, २३ जेठ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने किसानलाई ४२ हजार पुरस्कार दिने भएको छ ।

गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत रु ४२ हजार ५०० उपलब्ध गराउने निर्णय गरेको हो ।

पहिलोचरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रबिन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका छन् ।

देवीमाया र ङिमादावाले ७०–७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रबिन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here