कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा, कहाँ आंशिक कहाँ पूर्ण ? (सूचीसहित)

फाइलफोटो

काठमाडौं, २३ जेठ । पछिल्लो समयमा संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गृृह मन्त्रालयका अनुसार अहिलेसम्म ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

देशभर पूर्ण र आंशिक गरी ७५ वटा जिल्लामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये ७३ जिल्लामा जिल्लाभर र २ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएका जिल्लाहरुमा काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित कास्की, कैलाली, कञ्चनपुर, बाग्लुङ, बर्दिया, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, प्यूठान, काभ्रेपलाञ्चोक, बाजुरा, पर्वत, मकवानपुर छन् ।

यस्तै कालीकोट, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, रोल्पा, तनहुँ, सिरहा, पश्चिम नवलपरासी, इलाम, दोलखा, सिन्धुपाल्चोक, अछाम, धादिङ, जुम्ला, रसुवा, लमजुङ, मुस्ताङ र तेह्रथुममा पनि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । अरु जिल्लाहरुले पनि निषेधाज्ञाको अवधि थप्दै लगेका छन् ।
ताप्लेजुङ, सप्तरी र मुस्ताङमा चाहिँ निश्चित क्षेत्र तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ७३ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

मनाङ र खोटाङमा भने निषेधाज्ञा छैन। केही दिनयता कोरोना संक्रमितको थपिने दरमा न्यून रूपमा कमी आए पनि उल्लेख्य सुधार भने भएको छैन।

त्यसैले देशका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा खुलेको छैन। काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञाको समय थप गरिएको छ। जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ।

निषेधाज्ञा थप गरिएका जिल्लाकाे सूची :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here