काठमाडौं, २३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग-अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास गठन गरेका हुन् ।
संवैधानिक इजलासमा अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनेछन् ।
प्रधान न्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेको मध्येका वरिष्ठ हुन् ।
आफूमाथि प्रश्न उठेपनि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन । रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ ।
यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो ।