ऐतिहासिक रेकर्ड राख्दै २९०० अंक नाघ्यो नेप्से, कारोबार रकम पनि उच्च

काठमाडौं, २३ जेठ । शेयर बजार २९ सय अंकभन्दा माथि नाघेको छ। साताको पहिलो कारोबार दिन आइतबार कारोबार खुलेको आधा घण्टाभन्दा केही समयपछि नेप्सेले २९०० अंकको विन्दु पार गरेको हो ।

१२:१५ बजेसम्ममा नेप्से ६० ७३ अंकले बढेको छ । यो सँगै परिसूचक २९१७५० को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०५ कम्पनीको १ करोड १५ लाख १० हजार १६२ कित्ता शेयर ५५ हजार ९५९ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ८४ करोड ९० लाख ९५ हजार २१७ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएको मध्ये सर्वाधिक कारोबार गनर्नेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here