कारोबारको दुईघण्टा: कारोबार १० अर्ब नाघ्यो, पुनर्बीमाको शेयर मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, २३ जेठ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईघण्टा १ बजेसम्ममा ४८.३४ अंकले बढेको छ । यो सँगै परिसूचक २९०५.११ को बिन्दुमा पुगेको छ ।

आइतबार कारोबारमा आएका २११ कम्पनीको २ करोड ८ लाख २८ हजार ६६६ कित्ता शेयर ९७ हजार ३५९ पटक खरिद बिक्री हुदाँ १० अर्ब १५ करोड ७३ लाख ४३ हजार २९८ रुपैंया बराबरको कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य अहिलेसम्मकै उच्च भएको छ । पछिल्लो दुई साता यता लगातार मूल्य बढ्दै आएको कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ११३ रुपैयाँ बढेर १८७८ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि पुनर्बीमाको सेयर मूल्य मंसिर १७ गते सर्वाधिक १८३६ रुपैयाँ पुगेको थियो । पछिल्लो समय कम्पनीले गत वर्षको नाफाबाट बोसर सेयर र हकप्रद समेत जारी गर्ने हल्ला चलाइएपछि कम्पनीको सेयर भाउ निरन्तर उकालो लागिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here