यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, २३ जेठ । बैंकिङ क्षेत्र चम्किँदा शेयर बजारले ऐतिहासिक दोहोरो रेकर्ड बनाएको छ । नेप्सेले आज एकैदिन सर्वाधिक उच्च विन्दु र सर्वाधिक कारोबारको दोहोरो रकेर्ड बनाएको छ ।

नेप्सेले २९०६ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से २९०० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि गत बिहीबार नेप्से सर्वाधिक २८५६ विन्दु पुगेको थियो ।

सूचकसँगै आज कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड बनाएको छ । आज एकैदिन १७ अर्ब २७ करोड कारोबार हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको हो । यसअघि गत आइतबार सर्वाधिक १७ अर्ब २ करोडको कारोबार भएको थियो ।

त्यसदिन कारोबारको आधारमा पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

पुनर्बीमाको १ अर्ब २१ करोड १४ लाख ५६ हजार ९४६ रुपैयाँ बराबरको ६ लाख ५६ ८४५ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परेको छ । निफ्राको ८३ करोड ९० लाख ४४ हजार ६७ रुपैयाँ बराबरको १४लाख ७८ हजार ८८५ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

लुम्बिनी विकास बैंक तेस्रो स्थानमा रहेको छ । लुम्बिनी विकास बैंकको ५४ करोड ७५ लाख ६४ हजार ३७४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा कुमारी बैंकको शेयर परेको छ । कुमारीको ४६ करोड ५७ लाख ४० हजार ५०९ बराबरको शेयर खरिद–बिक्री भएको छ । पाँचौं नम्बरमा मेगा बैकको शेयर परेको छ । मेगाको ४४ करोड७७ लाख २३ हजार ६०७ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

शेयर बजारमा उच्च अंकको वृद्धि, एकैदिन बनायो दुई रेकर्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here