काठमाडौं, २३ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ९९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ९९ जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८९८ पुगेको छ।