बजार पुँजीकरण ४० खर्ब ३३ अर्ब नाघ्यो, शेयर बजारको आकार अर्थतन्त्रको भन्दा ठूलो

काठमाडौं, २३ जेठ । बैंकिङ समूहप्रति लगानीकर्ताहरू उत्साहित हुँदा नेपाली शेयर बजार पुँजीकरण रकम हालसम्मकै उच्चविन्दुमा पुगेको छ ।

एकैदिन नेप्सेमा सर्वाधिक उच्च विन्दु र सर्वाधिक कारोबारको दोहोरो रेकर्ड बनेको दिन पुँजीकरण रकम ४० खर्ब ३३ अर्ब ७९ करोड माथि पुगेको हो ।

यो हालसम्मकै सर्वाधिक हो भने देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि बढी हो । पछिल्लो तथ्याङ्क अनुसार नेपालको कुल जीडीपी ३९ खर्ब ४३ अर्ब ७० करोड रहेको छ ।

आइतबार एकैदिन १७ अर्ब २७ करोड कारोबार हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको छ । यसअघि गत आइतबार सर्वाधिक १७ अर्ब २ करोडको कारोबार भएको थियो ।

शेयर बजार पुँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ९१ अर्ब ५ रुपैयाँ छ ।

दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । पुनर्बीमाको बजार पुँजीकरण १ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । नबिल बैंक तेस्रोमा झरेको छ ।

पुनर्बीमाको शेयर मूल्य प्रतिकित्ता ११० रुपैयाँले बढेसँगै पुँजीकरणका आधारमा नबिललाई पछि पारेको हो । नबिलको बजार पुँजीकरण १ खर्ब ७९ अर्ब २८ करोड रुपैयाँ छ ।

नेपाल लाइफ इन्स्योरेन्स १ खर्ब ४९ अर्ब पुँजीकरण सहित चौथो ठूलो कम्पनीको रुपमा रहेको छ । बजार पुँजीकरणकै आधारमा नागरिक लगानी कोष १ खर्ब २३ अर्ब सहित पाँचौं ठूलो कम्पनी बनेको छ ।

नेप्सेले २९०६ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड पनि बनाएको छ । नेप्से २९०० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि गत बिहीबार नेप्से सर्वाधिक २८५६ विन्दु पुगेको थियो ।

यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

शेयर बजारमा उच्च अंकको वृद्धि, एकैदिन बनायो दुई रेकर्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here