अब पेन्सन सीधै बैंक खातामा, हरेक महिनाको २० गतेभित्रै पठाइने

काठमाडौं, २३ जेठ । सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन सीधै उनीहरुको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले त्यसका लागि आइतबारदेखि विद्युतीय कोष हस्तान्तरण (ईटीएफ) लागु गरेको छ । यसले मुलुकभरका रिटायर्ड निजामती, प्रहरी, जंगी र शिक्षक गरी २ लाख ७६ हजार लाभान्वित हुनेछन् ।

नयाँ प्रणालीको उद्घाटन गर्दै महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यसले पारदर्शिता बढाउने र लागत कम गर्ने बताए । यसले सरकारको विद्युतीय नेपाल अवधारणा (डिजिटल नेपाल फ्रेमवर्क)को कार्यान्वयनमा पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

निवृत्तीभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने भन्दै कार्यालयले अब सो रकम जोगिने बताएको छ । हरेक महिनाको १५ देखि २० गतेसम्ममा अघिल्लो महिनाको पेन्सन रकम सम्बन्धित रिटायर्ड कर्मचारीको खातामा जम्मा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here