विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २४ जेठ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ६७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ६१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here