काठमाडौं महानगरभित्र ६० देखि ६४ वर्ष उमेर समूहलाई मंगलबारदेखि कोरोना खोप

काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।

महानगरपालिकाले चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा ६० देखि ६४ वर्ष उमेर समूहमा लगाउनने भएको हो ।

खोप कार्यक्रम जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ। महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको सूचनामा जनाईको छ ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ। खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here