कारोबारको एक घण्टा: सर्वाधिक कारोबार गर्नेमा ‘निफ्रा’, कति पुग्यो शेयर मूल्य ?

काठमाडौं, २४ जेठ । साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकघण्टा १२ बजेसम्ममा ३.४ अंकले बढेको छ । यो सँगै परिसूचक २९१०.१५ को बिन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका २०४ कम्पनीको १ करोड १ लाख ५२ हजार ५२६ कित्ता शेयर ४६ हजार ८११ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६५ करोड ६३ लाख ४ हजार १८० रुपैंया बराबरको कारोबार भएको छ ।

लगानीकर्ताको रोजाइको पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ शेयर परेको छ ।

‘निफ्रा १९ करोड ८२ लाख ३० हजार ७६६ रुपैयाँ बराबरको कारोबार भएको छ । ५७८ रुपैयाँका कारोबार खुलेको निफ्राको शेयर मुल्य १ घण्टाको अवधिमा ३ रुपैयाँ बढेर ५८१ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here