‘आर्थिक क्षेत्र सुधारका केही विषयलाई बजेटले समेट्न सकेन’ -अध्यक्ष गोल्छा

काठमाडौं, २४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७८/७९ को बजेटले आर्थिक क्षेत्र सुधारका केही समेट्न नसकेको बताएका छन् ।

सोमबार आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल बजेट समिक्षा तथा कार्यान्वयनका चुनौति विषय कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

महासंघले विगत लामो समयदेखि उठाउँदै आएको सम्पती अभिलेखीकरणको व्यवस्था, राजस्व न्यायिकरणको सिद्धान्त र सार्वजनिक खरिद ऐन संशोधन बजेटले समेट्न नसकेको बताए ।

उनले समग्रमा बजेटले सबै क्षेत्रलाई समेट्ने र खुशी पार्ने गरी रणनीति खाका प्रस्तुत गरेपनि सदियौंदेखि विकास निर्माण र आर्थिक क्षेत्रको सुधारमा समस्याको यी तीन क्षेत्र नपरेको दाबी गरे ।

केही विषयमा निजी क्षेत्रको सरकारसँग विमति रहेपनि अन्य विषयवस्तुमा भने सरकारले ल्याएको बजेट प्रति सकारात्मक नै रहेको गोल्छाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here