निगमले घटायो हवाई इन्धनको भाडा, अब स्वचालित प्रणालीमा जाने

काठमाडौं, २४ जेठ । नेपाल आयल निगमले हवाई इन्धन (अन्तराष्ट्रिय) को मूल्य २० प्रतिशत घटाएको छ।

निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य अन्य इन्धन सरह स्वचालित बनाउने निर्णय पनि गरेको छ ।

आज रातीदेखि लागू भएको नयाँ मूल्यसुचीअनुसार अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य १७८ डलरबाट घटेर प्रतिकिलोलिटर ७१५ डलर कायम भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्योग मन्त्रालयमार्फत निगमलाई हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएको थियो।

नेपाल वायु सेवा निगमलगायत विमान कम्पनीहरूले नेपालमा भरिने अन्तर्राष्ट्रिय इन्धनको मूल्य अत्यधिक महंगो भएकाले प्रतिस्पर्धी बन्न नसकेको गुनासो गर्दै आएका थिए ।

यस सम्वन्धमा प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्रीसँग पनि निगमले छलफल गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here