यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी,सर्वाधिक कारोबार गर्ने पुनर्बीमा

काठमाडौं, २४ जेठ । साताको दोस्रोदिन कारोबारको आधारमा पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

पुनर्बीमाको ६२ करोड १७ लाख २९ हजार ४३ रुपैयाँ बराबरको ३ लाख २८ हजार ३४३ ८४५ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परेको छ । निफ्राको ४६ करोड ६२ लाख ८८ हजार २१ रुपैयाँ बराबरको ८ लाख ५ हजार ७७० कित्ता शेयर खरिद–बिक्री भएको छ ।

नेशनल हाइड्रो कम्पनी तेस्रो स्थानमा रहेको छ । नेशनल हाइड्रो कम्पनीको ४३ करोड २४ लाख २०९ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा लुम्बिनी विकास बैंकको शेयर परेको छ । लुम्बिनीको ४३ करोड २४ लाख २०९ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा कुमारी बैकको शेयर परेको छ । कुमारीको ३४ करोड ४१ लाख ८३ हजार ९७३ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

शेयर बजारमा झिनो अंकको गिरावट, १७ कम्पनीको मूल्य उच्च वृद्धि

कारोबारको एक घण्टा: सर्वाधिक कारोबार गर्नेमा ‘निफ्रा’, कति पुग्यो शेयर मूल्य ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here