होम डेलिभरी गर्ने कम्पनीको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

photo source: Reviews Nepal

काठमाडौं, २४ जेठ । सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार खाद्यान लगायतका अत्यावश्यक सामाग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा नरोक्न आदेश दिएको हो।

कोरोना भाइरस महामारीको असर कम गर्न र जोगिन डिजिटलाइजेशनको माध्यम महत्वपूर्ण भएको भन्दै उक्त इजलासले अत्यावश्यक पहुँच पुर्याउनु पर्ने बताएको छ।

‘यस्तो असामान्य अवस्थामा जोखिमता रहेको व्यक्ति वा संक्रमित रहेको परिवारको अत्यावश्यक पहुँचको सुनिश्चितताको लागि राज्य र निजी क्षेत्र समेत कृयाशील हुन आवश्यक छ,’ आदेशमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here