राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र विक्री खुला

काठमाडौं, २५ जेठ । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि साढे २ अर्ब रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ ।

बैंकले ६ वर्ष अवधिको ‘८.५ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८३ ‘ नामक ऋणपत्र विक्रीमा ल्याएको हो । उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइन्छ ।

निष्काशन भएको २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (१५ लाख कित्ता) बैंकले व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई विक्री गर्नेछ । बाँकी १० लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पााउनेछन् ।

बैंकको ऋणपत्रमा जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने केयर एनपी ए प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here