कारोबारको एक घण्टा: साढे ५ अर्बको कारोबार, २८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २५ जेठ । साताको कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकघण्टा १२ बजेसम्ममा ३९.५२ अंकले बढेको छ । यो सँगै परिसूचक २९४६.२२ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०५ कम्पनीको ९५ लाख ६७ हजार २८६ कित्ता शेयर ४३ हजार ६२६ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ४६ करोड ४ लाख १७ हजार २८६ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आउका २८ कम्पनीको शेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ । ६ कम्पनीको मुल्य १० प्रतिशतले बढेको छ भने अन्यको सर्किट लेभलमा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here