शेयर बजारमा उच्च अंकको वृद्धि, धेरै कमाउनेमा ३५ कम्पनीका लगानीकर्ता

काठमाडौं, २५ जेठ । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको तेस्रोदिन नेप्सेले सर्वाधिक २९६० विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो ।

नेप्सेले २९६० विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत आइतबार हालसम्मकै उच्च २९०६ विन्दु चुमेको थियो ।

यसदिन नेप्से ५३.४४ अकले बढेर २९६०.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१८ कम्पनीको १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँ बराबरको ३ करोड ५७ लाख ४२४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ११ समूहको परिसूचकमा हरियाली छाएको छ भने २ समूहको परिसूचक राताम्मे भएका छन् ।

बैंकिङ २०, ब्यापार १९, विकास बैंक ३९८, जलविद्युत ५८, फाइनान्स १८५, निर्जीवन बीमा ५५४, उत्पादन १२९, अन्य ४५ र जीवन बीमा ६६८ अंकले बढे। होटल तथा पर्यटन १६ र माइक्रोफाइनान्स २४ अंकले घटे।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा रसुवागढी हाइड्रोपावरको ४७ करोड र युनाइटेड हाइड्रोपावर ३७ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

कारोबारमा ३५ कम्पनकिो शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खा फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सांग्रीला डेभलपमेन्ट र जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो।

यसैगरी, ज्योति विकास, कर्णाली डेभलपमेन्ट, प्रोग्रेसिभ, मल्टिप्रपोज, गुह्येश्वरी, गुडविल, मञ्जुश्री, नेपाल फाइनान्स, महालक्ष्मी, सप्तकोशी, साइन रेसुंगा, गरिमा, कामनासेवा विकास बैंक, वरुण, रिडी, रसुवागढी, पञ्चकन्यामाइ हाइड्रोपावरका सेयर धनीले १० प्रतिशत कमाएका छन् ।

यस्तै, युनिभर्सल पावर, आइसीएफसी, सेन्टर, पोखरा, रिलायन्स, बेस्ट, समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बढ्दो बजारमा आज मेरो माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै २.८५ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here