काठमाडौं महानगरमा भेरोसेल खोप अभियान: पहिलो दिन ८ हजार ७ सय बढीले लगाए खोप

काठमाडौं २६ जेठ । काठमाडौंं महानगनरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल सञ्चालनमा रहेको छ । काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिएको हो ।

जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्ने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ ।

पहिलो दिन ८ हजार ७ सयभन्दा बढीले खोप लगाएका छन्। काठमाडौं महानगरका अनुसार ३२ वटै वडामा ४ हजार ४१९ जना पुरुष र ४ हजार ३२७ जना महिलाले खोप लगाएका हुन्। मंगलबार पहिलो दिन ६४ वर्ष उमेरका व्यक्तिले खोप लगाए भने आज ६३ वर्ष र भोलि ६२ वर्षका व्यक्तिहरुले खोप लगाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here