अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो

काठमाडौं, २६ जेठ । दक्षिण अमेरिकी समुह अन्तर्गतको विश्वकप छनौट खेलमा अर्जेन्टिनाले कोलम्बियासँग बराबरीमा रोकिएको छ ।

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो । अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। उसका लागि रोमेरोले गोल गरेका थिए।

आठौं मिनेटमा परेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। पहिलो हाफमा १९० गोलले पछि परेको कोलम्बियाले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल फर्कायो।

कोलम्बियाका लागि मुरियलले गोल गरे। अर्जेन्टिनाका ओटामेन्डीले कोलम्बियाका उरिबेलाई फल गरेपछि पेनाल्टी दिइएको थियो। ६ मिनेटमा थपिएको इन्जुरी टाइमको चौथो मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले गोल गरे।

त्यसैगरी विश्वकप छनौट अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वे भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ ।

अर्जेन्टिना यो बराबरीपछि छनौटको ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै कोलम्बियाको भने ६ खेलपछि ८अंक रहेको छ र अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

त्यसैगरी आजको बराबरीपछि उरुग्वेको ६ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा छ ।

त्यस्तै भेनेजुएलाको ६ खेलमा ४ अंक रहेको छ र अंकतालिकामा नवौं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here