सीईडीबी हाइड्रोपावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं, २६ जेठ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ ।

बुधबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

कम्पनीको पहिलो कारोबार ४१६ रुपैयाँमा भएको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३८.७९ देखि ४१६.३७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । कम्पनीको शेयर CHDC सिम्बलबाट कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । रेन्जको अधिकतम मूल्यबाट नै कम्पनीको शेयर कारोबार सुरु भएको हो ।

मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता शेयर सूचीकृत भएको थियो ।

नेप्सेमा कम्पनीको सर्वसाधारणमा वितरण गरिएको २५ लाख १८ हजार २ सय ३० कित्ता र संस्थापकहरुले लगानी गरेको ५८ लाख ७५ हजार ८ सय ७० कित्ता शेयर सूचीकरण भएको हो ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका थिए ।

कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here