नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण

काठमाडौं, २६ जेठ । विश्व बैंकले आर्थिक वर्ष २०२१/२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

सन् २०२१ मा विश्वको बृद्धिदर ५.६ प्रतिशतले वृद्धि हुने अनुमान गरेको विश्व बैंकले नेपालको वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको हो । आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

यो अनुमान यसअघि प्रक्षेपण गरिएभन्दा ३.६ प्रतिशतले बढी रहेको उल्लेख छ ।

सन् २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ८.३ र २०२२/२३ मा ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा बंगलादेश र भुटानको अर्थतन्त्र भारतपछि सुधारोन्मुख देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here