लिम्पियाधुरा र लिपुलेकको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन

काठमाडौं, २६ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्।

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका हुन् ।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएको श्रेष्ठले बताए ।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन्।

पुरानो नक्सा अंकित बजारमा बिक्रि भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचिकृत मा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिए । बैठकले विभिन्न विषयका कक्षा ६(- ८को पाठयक्रम स्वीकृत गरेको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए। उनले भने, ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौँ।’

उनले सरकारले नया नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटि भएको बताउँदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here