मन्त्रिपरिषद् विस्तार , यी हुन् प्रधानमन्त्री ओलीका नयाँ सारथी

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नैनकला थापा रामवहादुर थापा ‘बादल’की पत्नी हुन् ।

नयाँ थपिएकामा गृहमन्त्रीमा एमालेका खगराज अधिकारी सञ्चार मन्त्रीमा नैनकला थापा रहेका छन् । नैनकला थापा रामवहादुर थापा ‘बादल’की पत्नी हुन् ।

त्यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ छन् । साह माओवादीबाट एमालेमा आएकी हुन् । उद्योग मन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक रहेकी छन् ।

राना विघटित प्रतिनिधिसभा सदस्यमा कैलाली ५ बाट निर्वाचित भएका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here