डिम्याट खोल्नेको संख्या साढे ३५ लाख पुग्यो, कति छन् सक्रिय ?

काठमाडौं, २७ जेठ । नेपालमा डिम्याट खोल्नेको संख्या साढे ३५ लाख नाघेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको पछिल्लो तथ्यांक अनुसार विहिबारसम्ममा हितग्राही (डिम्याट) खाताको संख्या ३५ लाख ४९ हजार २४७ जना पुगेको हो ।

असारसम्ममा करिब १७ लाखको संख्यामा रहेको डिम्याट खाताको संख्यामा करिब शत प्रतिशतको वृद्धि भएको छ । फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए ।

कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्ने मध्ये ५० प्रतिशत भन्दा कमले लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।

धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि ६ लाख ६० हजार रहेको बढिले युजर र पासवर्ड लिएका छन् ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट शेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो ।

१ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here