युवा उद्यमीलाई राजनीतिमा लाग्न डा. भट्टराईको सल्लाह

काठमाडौं, २९ जेठ । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ‘बाबुराम भट्टराईको आखाँबाट नेपाल’भन्ने शिर्षकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग परिसंघ सचिवालयमा अन्तरक्रिया आयोजना गरेको छ ।

अन्तरक्रियाको मूख्य उद्देश्यपूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको अबको भविष्य कस्तो देखेका छन् भनेर सुन्ने थियो ।

अन्तरक्रियामा उनले राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेकोमा जोड दिदै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरे ।

नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्यहरुलाई उल्लेख गरे ।

उनले भने, ‘अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देस भित्रपथ्र्यो । तर शाह तथा राणा शासनकालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।’

चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देशबीचको गतिशिल पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उनले उल्लेख गरे । चीनसँगको सम्बन्धले महत्व राखे पनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए ।

छलफलका क्रममा नेपालको भविष्य सकारात्मक रहेकोमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड थियो ।

कार्यक्रमको प्रारम्भमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले डा. भट्टराईलाई स्वागत गर्दै हाल देशको उद्योग व्यवसायको वस्तुस्थिति बारे परिसंघको धारणा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here