नेप्से ५२.३९ अंकले घट्यो, कारोबार रकममा भारी गिरावट

काठमाडौं, २ असार । साताको कारोबारको चौथोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । बुधबार नेप्से ५२.३९ अंकले घटेर २९६९.७२ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१९ कम्पनीको १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१८ रुपैयाँ बराबरको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलबार १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको ३ करोड ९ लाख ४८ हजार ७३८ कित्ता शेयर किनबेच भएका थियो ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । बजारमा १७ कम्पनीको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले घटे ।

त्यस्तै, आज धेरैजसो कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । गुर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, नेपाल हाइड्रोपावर डेभलपर्स, छ्यांदी जलविद्युत्, आँखुखोला जलविद्युत्, बेस्ट फाइनान्स, पञ्‍चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको शेयर घटेको छ ।

त्यस्तै पोखरा फाइनान्स, मल्टीप्रपोज फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, समृद्धि फाइनान्स, पाँचथर पावर कम्पनी, हिमालयन पावर पार्टनर र सोल्टी होटलको शयर मूल्यमा नौ प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here