असार २५ भित्र कर तिर्न सरकारको ताकेता

काठमाडौं, २ असार । सरकारले असार २५ भित्रै कर तिर्न आग्रह गरेको छ ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै आसर २५ गतेभित्र २०७७ साल चैत र २०७८ वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला आग्रह गरेको हो ।

बन्दाबन्दी, निषेधाज्ञा खुलेको ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु भनी सरकारलाई दिएको अन्तरिम खारेज भएको भोलीपल्ट नै आन्तरिक राजस्व विभागले करको लागि ताकेता गरेको छ ।

मंगलबार अदालतले आर्थिक ऐनको व्यवस्था अनुसार अर्थ मन्त्रालयले कर बुझाउनका लागि दिएको अवधिभित्रै कर बुझाउनुपर्ने गरी सरकारको पक्षमा फैसला गरेको थियो ।

सूचनामा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७७ साल चैत र २०७८ बैशाख महिनाको महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ ।

आयकर ऐन, २०५८ बमोजिम २०७७ साल चैत र २०७८ बैशाखमहिनाको बुझाउन पर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि २५ गतेसम्म गरिसक्नु पर्ने सूचनामा छ।

अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७७ चैत र २०७८ बैशाख महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला पनि असार २५ गतेसम्म गरिसक्नु पर्नेछ।

आर्थिक ऐनअनुसार चैत र बेशाख महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर बुझाउने म्याद समेत सोही सम्म मात्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here