रोग प्रतिरोधात्मक क्षमता बढाउने योग अनुष्ठानमा छुट्नु भो ? यसरी लिनुहोस् जानाकारी

काठमाडौं । चतरास्थित जगतगुरु रामानन्दाचार्य सेवा पीठले सञ्चालन गरेको १५ दिने योग अनुष्ठान सम्पन्न भएको छ ।

विश्वभर बढ्दो कोरोना माहामारी नियन्त्रण अभियानको लागि आयुर्वेदिक पद्धतिहरु प्रयोग गरेर सञ्चालन गरेको विशेष योग अनुष्ठान सम्पन्न भएको हो ।

समाधिसिद्ध अनन्त श्री विभूषित जगदगुरु श्री रामनान्द्चार्य स्वामी रामकृष्णचार्य महायोगी सिद्धबाबाको संकल्पमा अनुष्ठान जेठ १२ गतेदेखि प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको थियो ।

नेपालका प्राइम, एभिन्युज, ॐ कार विराट र अरनिको टेलिभिजन र संस्थाको आधिकारिक युवटुव च्यानलबाट समेत प्रत्यक्ष प्रशारण भएको थियो ।

वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार र भारतको आयुष मन्त्रालयद्धारा प्रबन्धन प्रोटोकलको आधारमा आयुर्वेद र योगका प्रतिष्ठित संस्थाहरु तथा यथा AIIA IPG TRA NIA CCRS CCRYN हिमालयनसिद्ध महायोग रिसर्च सेन्टर भारत, महायोगी सिद्धबाबा स्पेचियल एकेडेमी नेपाल, जगदगुरू रामानन्दाचार्य सेवा पीठ नेपाल र अन्य विशेष विशेषज्ञहरु सबैको सल्लाह, अनुभवलाई लिएर विश्व स्वास्थ्य संगठन अर्थात WHO को प्रोटोकललाई ध्यानमा राखेर सञ्चालन भएको आयोजकले जनाएको छ ।

जसमा हाम्रो घरवरीपरि, करेशामा रहेका अनेकौं बोटविरुवा, झारपातहरु नै औषधिष गुणको रुपमा चिन्ने मौका र १५ दिनसम्म त्यसको प्रयोगको बारेमा सिद्धबाबाले जानाकारी गराउनु भएको थियो ।

अनुष्ठानमा होम आइसुलेसनमा आफूलाई आइसुलेट गरि रहँदा एकान्तमा बसिरहदा कुन कुन कुरालाई ध्यान दिने लगायत, अयुर्वेदिक, यौगिक पद्धतीविधि अनुसारको विभिन्न योगा, प्रणायमहरुलाई विशेष महत्व दिईएको थियो ।

योग, भोजन तथा औषधी प्रबन्ध, आयुर्वेदीय प्रबन्ध, यौगिक प्रबन्ध र भोजन प्रबन्ध साथ दिनचर्यको विधिलाई सप्रमाण वैदिक जिवन शैलीलाई बैज्ञानिक रुपमा कार्यक्रममा प्रशारण गरिएको थियो ।

कार्यक्रममा आफ्नो शरीरमा रोग निरोधक क्षमता वृद्धिको साथै मनको शान्ति, चित्तको प्रशन्नता र आत्माको उपलब्धि र मानवसमाजको रक्षाको लागि जातजाति, वर्ण, लिङ्ग र धर्म सम्पदायको भेद नगरिकन विभिन्न योग अभ्यासहरु सिकाउनुको साथै त्यसबाट पाइने फलको बारेमा प्रष्ट पारिएको थियो ।

कार्यक्रमको मूख्य लक्ष्य नै निरोग व्यक्तिको रक्षा गर्नु, रोगी व्यक्तिको उपचार गर्नु र संक्रमित व्यक्तिलाई संक्रमित रहित बनाउनु रहेको रामानन्दाचार्य सेवा पीठले प्रत्येक कार्यक्रममा जनाउँदै आएको थियो ।

भोजनाचर्य, दिनचर्य, योगाचर्य, विचारचर्य यो यदि हाम्रो उपयुक्त मात्रामा भयो भने हामी तन, मन र आत्मा तीनद्धारा स्वस्थ हुन सक्छौं सन्देश कार्यक्रमले दिदै आएको छ ।

स्वरोजगार, स्वाभिमानी, स्वाबलम्बी बनेर अगाडि उठौं । पञ्च ‘स’ लाई लिएर हिमालयन सिद्धमहायोग मिशन सञ्चालन गरेको हो ।

स्वास्थ्य, शिक्षा, संस्कार, समृद्धि र शान्ति यो पञ्च ‘स’ हरित अभियान स्वरोजगार, जडिबुटि खेति कृषि प्रशोधनद्वारा देशलाई समृद्ध बनाउने पीठको लक्ष्य रहेको सिद्धबाबाले बताउनु भएको छ ।

तिर्थ पर्यटनद्वारा राष्ट्रलाई चाहिं पर्यटकीय प्रवद्र्धन गर्ने तथा सुसंस्कारित पश्चिमी माइण्ड र पूर्वी दर्शनको शिक्षालाई विस्तार गरेर नेपालीलाई विश्वमा बुद्धिमान र सबल बनाउने उद्देश्य हिमालयन सिद्धमहायोग मिशन रहेको छ ।

यो मिसनलाई साथ दिन वा १५ दिने अनुष्ठानमा छुट्नु भएकाले Himalayan Siddha Mahayog मार्फत प्रत्येक दिनको कार्यक्रम हेर्न सक्नु हुनेछ भने त्यसबारेमा चतरास्थित जगतगुरु रामानन्दाचार्य सेवा पीठबाट पनि जानाकारी लिन सक्नु हुनेछ ।

जगतगुरु रामानन्दाचार्य सेवा पीठबाट सञ्चालित वेभसाईट psmyoga.ca/anusthan/ बाट पनि सम्पूर्ण जानाकारी लिन सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here