युरोकप: स्वीट्जरल्याण्डमाथि शानदार जित निकाल्दै इटाली नकआउट चरणमा

काठमाडौं, ३ असार । युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ

गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अघिल्लो खेलमा टर्कीलाई ३–० ले नै हराएको इटलीले गएराति घरेलु मैदान रोमामा सहज जित निकालेको हो ।

२६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गरेसँगै पहिलो हाफमा अघि रहेको इटलीले दोस्रो हाफको सुरुमै अग्रता बढायो । यसपल्ट पनि लोकाटेलीलै सफल रहे । खेलको अन्तिम मिनेटमा सीरो इम्मोबाइलले गोल गरी ३–० को जित निश्चत गरे ।

समुह ए बाट इटालीको दुई खेलमा ६ अंक भएको छ भने वेल्सको २ खेलमा ४ अंक रहेको छ । अब यस समुहबाट वेल्स पनि नकआउटको नजिक रहेको छ । त्यस्तै स्वीट्जरल्याण्डको २ खेलमा एक अंक छ भने टर्कीले दुवै खेलमा हार बेहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here