कोपा अमेरिका: लगातार दोस्रो जित निकाल्दै ब्राजिल क्वाटरफाइनल प्रवेश

काठमाडौं, ४ असार । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत ब्राजिलले लगातार दोस्रो जित हासिल गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको हो । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल थपेको थियो ।

ब्राजिलको जितमा एलेक्स सानड्रो, नेइमार, एभर्टन रिबेरियो र रिचार्लिसनले एक एक गोल गरेका थिए । यसअघि उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को विजय पाएको थियो ।

यो जितपछि समुह ए मा रहेको ब्राजिलको २ खेलमा ६ अंक भएको छ ।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका थिए ।

समुह ए मा कोलम्बियाको २ खेलमा ४ अंक भएको छ भने भेनेजुएलाको ए२ खेलमा एक अंक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here