कोपा अमेरिका: अर्जेन्टिनाको पहिलो जीत

काठमाडौं, ५ असार । कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाले उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ।

स्ताडियो नासिओनल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाका रिकार्डो रोड्रिगेजले १३ औ मिनेटमा निर्णायक गोल गरेका हुन्। रोड्रिगेजले कप्तान लिओनल मेसीको पासमा गोल गरेका हुन्। अर्जेन्टिनाले यसअघिको पहिलो खेलमा चिलीसँग १-१ को बराबरी खेलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here