नेपाललाई विश्व बैंकको ९सय ८२ युनिट अक्सिजन कन्सनट्रेटर सहयोग

काठमाडौं । नेपालले ९ सय ८२ युनिट अक्सिजन कन्सनट्रेटर प्राप्त गरेको छ । विश्व बैंकको आर्थिक सहयोगमा १० लिटरको
अक्सिजन कन्सनट्रेटर प्राप्त गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले अक्सिजन कन्सनट्रेटर छिटै ल्याउन पाएकोमा खुशी व्यक्त गरे । साथै यो सातै प्रदेशमा आवश्यकता हेरी पठाइने जानकारी उनले दिए ।

मन्त्री तामाङका अनुसार सरकारले सबै सार्वजनिक स्वास्थ्य सुविधाहरुमा मेडकिल अक्सिजनको उपलब्धतालाई सुदृढ पार्न कडा परिश्रम गरिरहेको छ । त्यस्तै प्रत्येक नेपाली जनताको पहुँचमा अक्सिजन पुर्याउने तयारी रहेको छ ।

अक्सिजन कन्सनट्रेटर कोभीड १९ आपतकालीन प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी परयिोजना अन्तर्गत यूएनओपीएस मार्फत अक्सिजन कन्सरट्रेटर खरीद गरिएको हो ।

जसअनुसार यूएनओपीएसद्धारा सातै प्रदेशका अस्पतालहरुमा चरणबद्ध रुपमा स्थापना र सञ्चालनमा ल्याइने छ । परयिोजनाले प्राथमकतिामा परेका नेपाली नागरिकहरुका लागी कोभिड भ्याक्सीन खरीद र प्रयोग गर्न सहयोग गरिरहेको छ ।

बैंकले १० करोड ४० लाख डलर उपलब्ध गराएको हो । बैंकले भ्याक्सीन खरीद तथा स्वास्थ्य सेवा प्रणाली सुधारका लागी सो आर्थिक सहयोग उपलब्ध गराएको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागी बैंकका देशीय निर्देशक फारसि हदादले भने । हामी यस संकटमा नेपाल र नेपालीलाई सहयोग गर्न प्रतवद्धि छौं सामेल भएर हामी अझ बढी प्रभाव पार्न सक्षम भएका छौं’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here