विदेश जान सबै सरकारी र २२ निजी अस्पतालको पीसीआर रिपोर्टले मात्र मान्यता पाउने

काठमाडौं,६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार एउटा प्रेस विज्ञप्ती जारी गर्दै विदेश जानेहरुको पीसीआर परीक्षणका सम्बन्धमा पछिल्ला केही दिनदेखि सार्वजनिक भएका समाचारहरु भ्रामक, निराधार तथा गलत भएको जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘विदेश जानेहरुको प्रयोजनको हकमा कोभिड १९ को पीसीआर परीक्षण सबै सरकारी पीसीआर प्रयोगशाला तथा न्यूनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका वा एक वर्गका नीजि प्रयोगशालाहरुले गरेको मान्य हुने भन्ने सम्बन्धमा वैशाख १९ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निणयानुसार सम्बन्धित सबैमा अनुरोध गरिएको थियो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।

यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिए । सहप्रवक्ता अधिकारीले प्रक्रिया पुर्याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here