नेपालमा भेटियो नयाँ रुपको कोरोना, ‘डेल्टा भेरियन्ट’ को नयाँ ‘म्युटेसन’ फेला

काठमाडौं, ७ असार । नेपालमा कोरोना भाइरसको नयाँ रुपको कोरोना फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको हो । जसलाई (एवाइ.१)नाम दिइएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन भएको जनाएको छ ।

उक्त नमूनाहरूको जिनोमिक सेक्वेन्सिङ पहिचान गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसलाई आधिकारिक नाम AY.1 दिइएको छ। केही समयअघि बेलायती पत्रिकाहरुले ‘नेपाल भेरियन्ट’ देखिएको भनेर दाबी गरेका थिए। तर त्यो नयाँ भेरियन्ट नभइ डेल्टा भेरियन्टको यही म्युटेसन रहेको थियो। युरोपका केही देशमा यसअघि नै के डेल्टाको (K417N mutation) देखिएको थियो।

यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ ।

हालसम्म डेल्टा भाइरसको यस रुप नेपालसहित भारत, पोर्चुगल, बेलायत, अमेरिका लगायत १० देशमा पाइएको छ। यो म्युटेसनमा बेटा भेरियन्टकै जस्तो म्युटेसन देखिएकोले यसले पार्न सक्ने प्रभावका बारेमा वैज्ञानिकहरुले अझै अनुसन्धान गरिरहेका छन्।

मन्त्रालयले संक्रमण रोक्न सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here