कोपा अमेरिका: पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं, ८ असार । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले पाराग्वेमाथि जित हासिल गरेको छ ।

ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो । उसका लागि खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे ।

खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन ।यो जितले अर्जेन्टिना समूह ए बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाराग्वेले अर्जेन्टिनाको पोष्टमा नौ वटा प्रहार गरे पनि गोल हुन सकेन् ।

समूह ए को आफ्नो पहिलो खेलमा चिलीसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा उरुग्वेलाई १(० ले हराएको थियो । उसले ३ खेलबाट ७ अंक जोडेको छ ।

दुई खेल खेलेको पाराग्वेको भने ३ अंक छ । उसले पहिलो खेलमा बोलिभियालाई पराजित गरेको थियो ।जितसँगै अर्जेन्टिना सात अङ्कसहित समूहको शीर्ष स्थानमा पुगेको छ ।

पाराग्वे भने तीन अङ्कका साथ तेस्रो स्थानमा छ । १० देश सहभागी कोपा अमेरिकामा २ समूहमा खेलाइएको छ । हरेक समूहको शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here