तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं, ८ असार । देशभरको मौसम सामान्य बद्लीकै अवस्थामा रहेको छ । मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनी वायुकै प्रभावले आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ ।

मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ । वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एकरदुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

असार ८ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको समेत सम्भावना छ ।

असार ९ गते (बुधबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, लुम्विनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।

असार १० गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here