अमेरिकाले नेपालसहित १८ राष्ट्रलाई थप ५५ मिलियन डोज खोप दिने

काठमाडौं, ८ असार । अमेरिकाले नेपालसहित १८ एसियाली देशलाई थप ५५ मिलियन डोज खोप सहयोगको घोषणा गरेको छ ।

यस अगाडि जुन ३ मा २५ मिलियन डोजबाट नेपाललाई समेत भ्याक्सिन दिने घोषणा गरेको अमेरिकाले सोमबार बाँकी ५५ मिलियन डोजमा पनि नेपाललाई समावेश गरेको हो ।

अमेरिकाले विभिन्न मुलुकलाई दिने भनेको ८ करोड खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत वितरण गर्नेछ भने बाँकी २५ प्रतिशत उसले विभिन्न मुलुकलाई सिधै वितरण गर्ने जनाइएको छ ।

५५ मिलियनमध्ये १४ मिलियन डोज अर्थात् २५ प्रतिशत भ्याक्सिन अमेरिकाले विभिन्न देशहरुलाई सिधै उपलब्ध गराउने भएको छ । त्यसमा पाकिस्तान, बंगालादेश, अफगानिस्तान लगायतका मुलुकहरु समावेश गरिएपनि नेपाललाई समावेश गरिएको छैन ।

अमेरिकाले ५ सय मिलियन फाइजर भ्याक्सिन किनेर विभिन्न ९२ वटा देशहरुलाई प्रदान गर्ने समेत घोषणा यसअघि गरेको थियो ।

विश्वको सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक भारतले आफ्नो उत्पादनलाई घरेलु प्रयोजनका लागि मात्र प्रयोग गरेपछि यतिबेला अमेरिकामाथि संसारभरीबाट दबाव छ । विश्वभरबाट माग बढेपछि अमेरिकाले खोप उत्पादनलाई बढाउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here