सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं, ९ असार । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा बुधबार ३०० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here