युरो कपमा आज चार खेल हुँदै, विश्वकप विजेताविरुद्ध युरोपेली विजेता

काठमाडौं । युरो कप २०२० मा आज चार खेल हुँदै छन् । समूह चरणको तेस्रो खेलअन्तर्गत समूह ‘ई’ र ‘एफ’ का आठ टोलीले आज खेल्दै छन् ।

नेपाली समय अनुसार रातको ९ः४५ बजेबाट समूह ई को खेल सुरु हुनेछ । समूह ई को अन्तिम खेलमा स्विडेन र पोल्याण्ड साथै स्लोभाकिया र स्पेन एक आपसमा भिड्दै छन् ।

४ अंक सहित स्विडेन समूह ई को शिर्ष स्थानमा रहेको छ । त्यस्तै, ३ अंकसहित स्लोभाकिया दोस्रो, २ अंकसहित स्पेन तेस्रो र १ अंकसहित पोल्याण्ड चौथो स्थानमा छ ।

विश्व विजेताविरुद्ध युरोपेली विजेता

नेपाली समय अनुसार रातिको १२ः४५ बजेबाट समूह एफ को खेल सुरु हुँदैछ । समूह चरणको अन्तिम खेलमा आज विश्वकप विजेता युरोपेली विजेता एक आसमा भिड्दै छन् ।

सन् २०१६ को यूरोकप बिजेता पोर्चुगल र २०१८ को विश्वकप विजेता फ्रान्सबिचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

४ अंकसहित फ्रान्स समुह चरणको शिर्ष स्थानमा छ । त्यस्तै समान ३ अंक रहेको जर्मनी र पोर्चुगल क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै १ अंकहित हंगेरी चौथो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here