सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान

काठमाडौं, १० असार । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाईको कीर्तिमानसँग बराबरी गरेका छन् ।

फ्रान्स विरुद्ध जारी समूह एफको तेस्रो चरणको खेलमा दोस्रो गोल गरेसँगै स्टार फरवार्ड रोनाल्डोले अलिको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

युरो २०२० मा मात्रै रोनाल्डोले पाँच गोल गरिसकेका छन् । हंगेरीविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले दोस्रो खेलमा जर्मनीविरुद्ध एक गोल गरेका थिए ।

सन् १९९३ देखि २००६ सम्म इरानका अली दाइले १ सय ९ गोलको कीर्तिमान बनाएका थिए । उनीसँगै अब रोनाल्डो पनि कीर्तिमान बनाउन सफल भएका छन् ।

रोनाल्डो र दाइले मात्रै अन्तर्राष्ट्रिय फुटबलमा ९० भन्दा धेरै गोल गरेका छन् । अरु कुनै पनि खेलाडीले ९० भन्दा धेरै गोल गर्न सकेका छैनन् । रोनाल्डोले यसअघि नै युरोकपमा सर्वाधिक गोलको रेकर्ड बनाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here