विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई, भारत पराजित

काठमाडौं, १० असार । पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्यान्डले उपाधि उचालेको हो ।

इङ्ल्याण्डको साउथ ह्याम्प्टनमा भारतले दिएको एक सय ३९ रनको लक्ष्य न्यूजिल्यान्डले दुई विकेट गुमाएर भेटायो । न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले महत्वपूर्ण अर्धसतक बनाए

उसका लागि केन विलियम्सनले नटआउट ५२ र रोस टेलरले ४७ रन बनाए । भारतलाई थोरै रनमा अलआउट गर्न न्यूजिल्यान्डका टिम साउथीले चार विकेट लिए । पहिलो पालीमा भारतले दुई सय १७ र न्युजिल्याण्डले दुई सय ४९ रन बनाएका थिए ।

विश्व विजेता न्युजिल्याण्डले १६ मिलियन अमेरिकी डलर अर्थात झण्डै १८ करोड रुपैयाँ बराबरको पुरस्कार पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here