कोपा अमेरिका: कोलम्बियामाथि ब्राजिलको रोमाञ्चक जित

काठमाडौं, १० असार । कोपा अमेरिका अन्तर्गत ब्राजिलले कोलम्बियामाथि रोमाञ्चक जित निकालेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा ब्राजिल कोलम्बियालाई २-१ गोलको जित हासिल गरेको हो ।

बराबरीतर्फ उत्मुख खेलको अन्त्यतिर नेइमारको कर्नरमा प्रहारमा कासिमेरोले पोष्ट जनिकैबाट हेड गोल गरेपछि कोलम्बियाको हार निश्चित भएको हो ।

खेलमा कोलम्बियाले लुइस डियाजको खेलको १०औ मिनेटमा गोलबाट शुरुवाती अग्रता लिएको थियो । त्यस्तै ब्राजिलले भने खेलको ७८औ मिनेटमा रोबेर्टो फिर्मिनोको गोलमा बराबरी गरेको थियो ।

त्यसपछि खेलको ९० मिनेट पछिको १० मिनेट थपिएको खेलको १० औ मिनेटमा क्यासेमिरोले गोल गर्दै ब्राजिललाई जिताएका थिए ।

समूह बी मा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक बनाएको छ र शीर्ष स्थानमा यथावत छ ।

कोलम्वियाका लागि भने समूह चरणको खेल सकिएको छ । उसले ४ खेलबाट ४ अंक बनाएको छ । दुवै टोली क्वाटरफाइनलमा छनोट भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here