बैंक तथा बीमाका २९ संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने, यस्ता छन् १५ बुँदे माग

काठमाडौं, १० असार । बैंक वित्त तथा बीमा कम्पनीका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने संकेत गरेको छ । बैंक वित्त तथा बीमा क्षेत्रका २९ ओटा संस्थाहरुले सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई लिएर १५ बुँदे माग राखेका हुन् ।

आफूहरुको माग सम्बोधन नभएसम्म कुनैपनि हालतमा आबद्द हुन नसकिने अडान राख्दै २९ वटा संस्थालेसंयुक्त बिज्ञप्ती जारी गरेका छन् ।

सामाजिक सुरक्षामा न्युनतम सुविधाबाट बञ्चितलाखौँ श्रमिक कामदार तथा कर्मचारीहरुलाई प्राथमिकतामा राखेर उनीहरुलाई पहिले समेट्नु पर्ने जिम्मेवारी बिर्सिएर संगठित बैंक, बित्त तथा बीमा कम्पनीका कर्मचारीलाई जोड्न मरिहत्ते गरेको विज्ञप्तीमा उल्लेख छ।

संघहरूले संविधान र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले प्रत्याभूति गरेको सामूहिक सौदावाजी गर्न पाउने अधिकार कुण्ठित भएको दाबी गर्दै सुरक्षा ऐनको ६४ नम्बर दफामा भएको व्यवस्था अबिलम्ब खारेज गर्न माग गरेका छन ।

यसैगरी सुरक्षाको कार्यविधिको बुँदा नम्बर २४ ग अनुसार योगदानकर्ताले निवृतिभरण प्राप्त गरेको १८० महिनामा मृत्यु भएमा निजका श्रीमती वा परिवारले पाउने व्यवस्थालगायत १५ वटा बुँदाहरू छन् ।

कर्मचारी संघहरूले संविधानमा भएको व्यवस्थाअनुसार समानता हक, सम्पत्तिको हक, श्रम हक र उपभोक्ता हकअनुसार सुरक्षा कोषको ऐन, नियमावली र कार्यविधिमा परिमार्जन गर्नुपर्ने माग गरेका छन् ।

यस्तै श्रम ऐनअनुसार खाइपाइ आएको सेवा र सुविधा घटाउन पाइने छैन भन्ने सुरक्षा ऐनमा यसको प्रत्याभूति गर्नुपर्नेलगायत १५ बुँदे माग पेस गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here