स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, ११ असार । त्रिभुवन विश्वविद्यालयले बीएससी, बीबीएस, बीएड र बीए प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ।

साउन ११ गतेदेखि परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय बल्खु जानकारी दिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

त्रिवि पनिकाले २०७८ साउन महिनामा संचालन गर्ने २०७७ सालको वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातक तह प्रथम वर्ष परीक्षा २०७८ मा लिने भएको हो। निषेध आदेशका कारण परीक्षा ढिलो गरी सञ्चालन हुने भएको हो।

नियमित, आंशिक, मौका एवम् प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरू समेतका लागि परीक्षा तालिका सार्वजनिक गरिएको हो। आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिन त्रिवि पनिकाले विद्यार्थीहरूलाई आग्रह गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम छुटेका विद्यार्थीलाई असार १५ सम्म फारम भर्ने समय दिएको छ ।

परीक्षा फारम भर्न छुटेकाले सूचना प्रकाशित भएको मितिदेखि असार १५ गतेसम्ममा परीक्षा आवेदन फारम भर्न/भराउन सम्बन्धित क्याम्पसहरुले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्‍याइ परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाइसक्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here