स्वास्थ्य संस्था र लिक्विड अक्सिजन प्लाण्टलाई ५० करोडसम्म पुनरकर्जा

काठमाडौं, ११ असार । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि- २०७७ संशोधन गर्दै केही क्षेत्रका लागि पुनरकर्जा रकमको सीमा बढाएको छ । कोभिडलाई लक्षित गर्दै राष्ट्र बैंकले केही क्षेत्रको पुनरकर्जा रकमको सीमा बढाएको हो ।

संशोधन कार्यविधि अनुसार लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगले अब ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका छन् ।

राष्ट्र बैंकका अनुसार ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड-१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगले लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने छन् ।

त्यसबाहेकका अन्य ग्राहकले भने यसअघि कायम भएको अधिकतम २० करोडसम्म पुनरकर्जा पाउनेछन् । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्र बैंकको भनाइ छ । यसको ब्याजदर ३ प्रतिशत मात्रै रहेको छ । यसको अवधि एक वर्षको लागि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here